बझाङको खप्तडछान्ना एक हप्ताभन्दा बढी समयदेखि सञ्चार सम्पर्कविहीन

बझाङको खप्तडछान्ना एक हप्ताभन्दा बढी समयदेखि सञ्चार सम्पर्कविहीन



बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका एक हप्ताभन्दा बढी समयदेखि सञ्चार सम्पर्कविहीन बनेको छ ।

गएको असोज २३ गते नेपाल टेलिकमको टावरमा थाहा नभएकाे मानिसकाे समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो । सञ्चार सम्पर्कविहीन भएपछि गाउँबाहिरका आफन्तसँग दशैँको रमाइलो साट्न नपाएको खप्तडछान्ना गाउँपालिका–७ का प्रदीप खड्काले बताए ।

माझी गाउँमा रहेको रिमोट टावरसँगै खप्तडछान्ना–७ माडुकाट्नेको टावर पनि तोडफोड भएको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले जानकारी दिए । दुई टावरबीचको रेडियो लिङ्कले काम गर्न छोडेपछि यहाँका २० हजारभन्दा बढी नागरिक सम्पर्कविहीन भएका उनले बताए ।