सुनको भाउमा लगातार कीर्तिमान

सुनको भाउमा लगातार कीर्तिमान



काठमाडौं । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो र अस्ति पनि सुनको भाउले कीर्तीमान कायम गरेको थियो । हिजो सुनको भाउ तोलको एक लाख ६२ हजार चार सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५० रुपैयाँमा थियो ।