सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड 

सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड 


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर ‘अफ द सिरिज’ बनेका छन् । ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए । सुपर ओभरमा सोमपालले नै बलिङ गर्दै केवल २ रन दिएर दुवै विकेट लिदै नेपालको जितको आधार तयार गरेका थिए । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा सोमपालले ३ विकेट लिएका थिए ।

तेस्रो खेलमा अर्धशतक बनाएका आसिफ सेख प्लेयर अफ द म्याच बनेका छन् । तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लीन स्वीप गरेको छ ।