पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ

पूर्व सैनिक विष्फोटक पदार्थसहित पक्राउ


ग्लोब नेपाल
54
Shares

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका-४ का नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरी विष्फोटक पदार्थसहित पक्राउ परेका छन् ।

दुईबर्ष अगाडी नेपाली सेनाबाट अवकाश पाएका ४५ बर्षिय पुरीको घरबाट ठूलो मात्रामा बिष्फोटक पदार्थसहित पक्राउ परेका हुन् । शनिवार घरको तेस्रो तलाबाट दोस्रो तलामा भाँडाहरु सार्ने क्रममा सकेट बम विष्फोट भएर पुरी घाइते भएका थिए ।

घरमा भाडाँवर्तन सार्ने क्रममा सकेटबम पड्किएर पुरी घाइते भएको खबर इलाका प्रहरी कार्यालय चापाकोटलाई पुगेपछि प्रहरी घट्नास्थलमा पुगेको थियो । प्रहरीले विष्फोटबाट घाइते भएका पुरीलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो ।

उपचारपछि अस्पतालले पुरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भन्दै घरमा पठाएसँगै प्रहरीले थप अनुसन्धान गर्न उनलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरी पौडेलले जानकारी दिएका छन ।

पुरीको घरबाट थप ठूलो परिणाममा विष्फोटक पदार्थ फेला पारेको डिएसपी पौडेलले बताए । उनका अनुसार पुरीको घरबाट बिस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद गरिएको जानकारी दिए ।