माओवादीबाट ग्रामथानको अध्यक्षको उम्मेदवार माझी

माओवादीबाट ग्रामथानको अध्यक्षको उम्मेदवार माझी



विराटनगर । मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने भएकाे छ ।

ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माओवादी केन्द्रले माझीलाई उम्मेदवार घोषणा गरिएको हो ।

माझी केही समय अगाडि नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

उनी ०७४ सालमा फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिकाको १ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए ।

आगामी मंसिर १६ गते उपनिर्वाचन घोषणा गरिएको छ ।

०७९ सालको पालिका निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।