अर्थमन्त्री पौडेल अमेरिका जाँदै

अर्थमन्त्री पौडेल अमेरिका जाँदै



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेर्ल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन सोमबार राति अमेरिकाको वाशिङटन डिसीतर्फ प्रस्थान गर्दै छन् ।

डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने उनको सचिवालयले जनाएको छ । पौडेल कात्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।