सरकारले गर्‍यो ४० जना सहसचिवको सरुवा (सूचीसहित)

सरकारले गर्‍यो ४० जना सहसचिवको सरुवा (सूचीसहित)



काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको एकैपटक सरुवा गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय आइतबार सार्वजनिक भए पनि सरुवा भएका सहसचिवको सूची सामान्य प्रशासन मन्त्रालयले सोमबार मात्र सार्वजनिक गरेको छ ।

सरकारले हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ ।

उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।