रेखाकाे पाँच गोलसँगै माल्दिभ्सविरुद्ध नेपालको प्रभावशाली जित

रेखाकाे पाँच गोलसँगै माल्दिभ्सविरुद्ध नेपालको प्रभावशाली जित



काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको खेलमा सोमबार नेपालले माल्दिभ्समाथि ११–० गोलअन्तरले प्रभावशाली जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई पराकिलो जित दिलाउने क्रममा रेखा पौडेल एक्लैले माल्दिभ्सको पोस्टमा पाँच गोल गरिन् । उनले दुई गोल पहिलो हाफमा गरेकी थिइन् भने तीन गोल दोस्रो हाफमा गरिन् ।

यस्तै नेपाललाई सुरुवाती अग्रता दिलाएकी प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन् । उनले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा २ गोल गरिन् । यस्तै नेपालका लागि सविता रानामगर, अमिशा कार्की र अनिता केसीले एक एक गोल गरे ।

सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबपूर्ण खेलमा जितपछि नेपालको दुई खेलबाट ४ अंक भएको छ । पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको थियो ।

अब नेपालले समूहको अन्तिम खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ । सो खेलमा बराबरी खेल मात्र नेपाल सेमिफाइनलमा पुग्नेछ ।