बाबुराम भट्टराई नेतृत्वको नेसपाको नाम परिवर्तन

बाबुराम भट्टराई नेतृत्वको नेसपाको नाम परिवर्तन



काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको हाे ।

यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै पार्टीको झन्डा र चुनाव चिन्ह आँखा राख्ने र केन्द्रीय कमिटी ९९ सदस्यीय हुने निर्णय गरेको छ । यस्तै पदाधिकारी ११ सदस्यीय हुनेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी, १ खस आर्य, १ दलित), १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष हुने छन् ।

अधिवेशनले सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित गर्ने र पार्टीमा युवा प्रतिनिधित्व बढाउने निर्णय पनि भएको छ ।

यससँगै नेसपाको प्रथम विधान अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा ७१ जिल्ला र विदेश (६ देश)बाट कूल ५०० प्रतिनिधि उपस्थित थिए ।