भारतबाट काठमाडौं आएको जहाजमा बमको हल्लापछि जाँच हुँदै

भारतबाट काठमाडौं आएको जहाजमा बमको हल्लापछि जाँच हुँदै



काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा बम राखेको सूचना प्राप्त भएपछि नेपाली सेनाले जाँच गरिरहेको छ । भिस्टरा एयरवेजको जहाज दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई सूचना प्राप्त भएपछि सेनाले जाँच गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय भारतीय वायुसेवाहरुमा बम रहेको धम्की दिने क्रम बढेको छ ।