शख्तर डोनेटस्कविरुद्ध आर्सनल विजयी

शख्तर डोनेटस्कविरुद्ध आर्सनल विजयी


ग्लोब नेपाल
54
Shares

लन्डन । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले शख्तर डोनेटस्कलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले डोनेटस्कलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको २९औ मिनेटमा शख्तर डोनेटस्कका डिमीट्रो रिजनायकले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो आर्सनलको यस सिजनको च्याम्पियन्स लिगमा दोस्रो जित हो । ३ खेलमा ७ अंक हासिल गरेको आर्सनल लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै शख्तर डोनेटस्कको भने ३ खेलमा केवल एक अंक रहेको छ ।

स्टुटगार्टसँग युभेन्टस पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस जर्मनी क्लब भिएफबी स्टुटगार्टसँग १-० गोल अन्तरले पराजित भएको हो । स्टुटगार्टको जितमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा एल बिलाल टोरेले निर्णायक गोल गरेका थिए ।

यस खेलमा खेलको ८४औ मिनेटमा डानिलोले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । स्टुटगार्टको यस सिजनमा यो पहिलो जित हो । ३ खेलमा ४ अंक हासिल गरेको स्टुटगार्ट १६औ स्थानमा रहेको छ । त्यसैगरी युभेन्टसको भने ३ खेलमा ६ अंक रहेको छ । 

डोर्टमण्डमाथि रियल म्याड्रिडको कमब्याक जित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डोर्टमण्डलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २-० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा ५ गोल गर्दै शानदार कमब्याक गरेको थियो ।

रियल म्याड्रिडको जितमा भिनिसियस् जुनियरले ह्याट्रिक गरेका थिए । त्यस्तै एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए । त्यसैगरी डोर्टमण्डका लागि डोनीयल मालेन र जामी बिनोय गिटनले एक एक गोल गरेका थिए ।

यो यस सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडको दोस्रो जित हो । ३ खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड नवौं स्थानमा रहेको छ । त्यस्तै डोर्टमण्डको पनि ३ खेलमा ६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।