काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ६ लाखभन्दा बढी स्मार्टफोन आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ को असोजसम्म ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रुपैयाँका स्मार्टफोन आयात गरिएको हो ।
आयात गरिएका ६ लाख ५५ हजार ६३१ स्मार्टफोनबाट सरकारले एक अर्ब ८३ करोड ३५ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख ३ हजार रुपैयाँका ६ लाख ४२ हजार ४१५ स्मार्टफोन आयात गरिएको थियो ।
प्रतिक्रिया