लन्डन। लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले जर्मनी क्लब आरबी लेइपजिंगलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा खेलको २७औं मिनेटमा डर्विन नुनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि लिभरपुलको ३ खेलमा ९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आरबी लेइपजिंगले भने अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।
स्पार्ट प्राहमाथि म्यानचेस्टर सिटीको फराकिलो जित
म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेक रिपब्लिकको क्लब स्पार्ट प्राहलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले स्पार्ट प्राहलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने फिल फोडेन, जोन स्टोन्स र म्याथ्युज नुनेजले एक एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ ।
त्यस्तै स्पार्ट प्राहको भने ३ खेलमा ४ अंक रहेको छ र लिगमा २१औ स्थानमा छ ।
बायर्न म्युनिखमाथि बार्सिलोनाको शानदार जित
बार्सिलोनाले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल ह्यारी केनले गरेका थिए ।
यो जितपछि बार्सिलोनाको च्याम्पियन्स लिगमा ३ खेलमा ६ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै बायर्न म्युनिखको ३ खेलमा ३ अंक रहेको छ र लिगमा २३औ स्थानमा छ ।
प्रतिक्रिया