शेयर बजार परिसूचक १८ अंकले घट्याे

शेयर बजार परिसूचक १८ अंकले घट्याे



काठमाडौं । शेयर बजार आज पनि घटेको छ । हिजो २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २५ अङ्कले घटेर दुई हजार ६ सय २७ दशमलव १४ विन्दुमा झरेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल एसबीआई बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १७ वटा कम्पनीका एक करोड २२ लाख कित्ता शेयर ५ अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।