बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ


ग्लोब नेपाल
81
Shares

काठमाडौं । बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा दाङको २९ नं ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।

गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप उनीहरुमाथि रहेको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।