बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड


ग्लोब नेपाल
54
Shares

लन्डन । म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र फेनेरबाहसले १-१ गोलको बराबरी खेलेका हुन् ।

म्यानचेस्टर युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले खेलको १५औ मिनेटमा शुरुवाती गोल गरेका थिए भने फेनेरबाहसका लागि योउसेफ एन नेसयरीले खेलको ४९औ मिनेटमा बराबरी गोल गरेका थिए ।

युरोपा लिगमा म्यानचेस्टर युनाईटेडको यो तेस्रो बराबरी हो । ३ खेलमा ३ बराबरीसहित ३ अंक हासिल गरेर युनाइटेड लिगमा २१औं स्थानमा रहेको छ । त्यसैगरी फेनेरबाहसको ३ खेलमा ५ अंक भएको छ र लिगमा १४औं स्थानमा छ ।

फेलिक्सको दुई गोलमा चेल्सी विजयी

चेल्सीले युइएफए युरोपा लिग अन्तर्गत ग्रीसको क्लब पानाथिनाइकोसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले पानाथिनाइकोसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जोआओ फेलिक्सले २ गोल गरेका थिए भने मिखाइलो मुड्रीक र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरेका थिए ।

चेल्सीको युरोपा लिगमा यो लगातार दोस्रो जित हो । यो जितपछि चेल्सी २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी पानाथिनाइकोसको २ खेलमा एक अंक रहेको छ र लिगमा २९औ स्थानमा रहेको छ ।