दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा

दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा



काठमाडौं । दश प्रमुख प्रशासकीय अधिकृतसहित पन्ध्र उपसचिवहरूको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालय तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार हरिपुर नगरपालिका, खाँदवारी नगरपालिका, चौतारा नगरपालिका, राप्ती नगरपालिका, धरा उपमहानगरपालिका, गोरखा नगरपालिका, कालिका नगरपालिका, गल्कोट नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्यत्र नगरपालिका, जिल्ला समन्वय समिति तथा मन्त्रालयहरूमा सरुवा गरिएको छ ।