नवलपरासी । नवलपरासी पूर्वमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । नवलपरासी पूर्वका डिएसपी जेसी साहका अनुसार देवचुली नगरपालिका–९ विशालटारका २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो ।
हतियार प्रहारपछि गम्भीर घाइते भएका मानन्धरलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मानन्धरमाथि हतियार प्रहार गरी भागेका सोही ठाउँका ३० वर्षीय अर्जुन नेपालीलाई कावासोती नगरपालिका–१६ डण्डाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । डिएसपी सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया