बारा । बारामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको अज्ञात समूहले हत्या गरेको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीका डिएसपी प्रकाश सापकोटाले शनिबार राति करिब ८ बजे घर नजिकै यादवमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको बताए ।
गम्भीर घाइते उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया