१२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

१२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिनाजानकारी गैरहाजिर भएका १२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै

आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितलाई बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

सूचनामा गैरहाजिर हुनुको कारण खुल्ने गरी स्पष्टीकरण बुझाउनसेमत भनिएको छ । सूचनालाई बेवास्ता गरे प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी प्रधान कार्यालयले दिएको छ ।