रविको इजलासमा दुर्व्यवहार भएको भनाइप्रति प्रहरीको आपत्ति

रविको इजलासमा दुर्व्यवहार भएको भनाइप्रति प्रहरीको आपत्ति



पाेखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लैजादा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको लगायत आरोपप्रति आपत्ति जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवम् सूचना असधकारी बसन्तकुमार शर्माले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रहरी नायब उपरीक्षक शर्माले कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न पनि अनुरोध गरेका छन् ।