एक सय रूपैयाँका ३० करोड नोट छाप्दै राष्ट्र बैंक

एक सय रूपैयाँका ३० करोड नोट छाप्दै राष्ट्र बैंक



काठमाडौं । राष्ट्र बैंकले एक सय रूपैयाँको ३० करोड नोट छाप्ने भएको छ । नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ कम्पनीले पाएको छ ।

चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले सबैभन्दा कम रकमको बिड गरेपछि उसैले यो टेण्डर पाएको हो ।

३० करोड वटा एक सय रूपैयाँको नोट छाप्न कम्पनीले ८९ लाख ९६ हजार पाँच सय ९२ डलर अर्थात् आजको विनिमयदर एक सय ३४ रूपैयाँ २४ पैसाको आधारमा एक अर्ब २० करोड रूपैयाँको लागत पेस गरेको थियो ।

यस आधारमा एक सयको प्रति नोट लागत चार रूपैयाँ दुई पैसा हुने भएको छ ।