स्वर्णिमको संयोजकत्वमा रास्वपाले बनायो संवाद समिति

स्वर्णिमको संयोजकत्वमा रास्वपाले बनायो संवाद समिति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजीतिक दलहरू र नागरिक समाजसँग छलफल गर्न उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति निर्माण गरेको छ । शनिबार बसेको सो पार्टी केन्द्रीय समिति बैठकले संवाद समिति बनाउने निर्णय गरेको हो ।

बैठकले उसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेशका पार्टी सभापति सदस्य रहनेगरी आन्दोलन सञ्चालन मुल समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

साथै बैठकले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको र अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकोले उनको तत्काल रिहाई गर्न सरकारसँग माग समेत गरेको छ ।

बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र वेथितिविरुद्ध एवम् सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय समेत गरेको छ ।

सहकारी ठगी र संगठित अपराध कसुरमा सभापति लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरी प्रहरीले पोखरा लगेको थियो । त्यसबेलादेखि नै रास्वपाले सडक प्रदर्शन गर्दै आएको छ ।