सेयर बजार परिसूचक ९.१९ अंकले घट्याे

सेयर बजार परिसूचक ९.१९ अंकले घट्याे



काठमाडौं । आज सेयर बजार परिसूचक (नेप्से) ९.१९ अंकले घटेको छ । सामान्य अंकले बजार घट्दा परिसूचक २६१८ बिन्दुमा झरेको छ ।

आज १४१ कम्पनीको मूल्य घटेको छ । ९१ कम्पनीको घट्दा ११ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल १ करोड ११ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

समग्र परिसूचक घटे पनि आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी समृद्धि फाइनान्स लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबार फाइनान्स र जीवन बिमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । आज फाइनान्स उपसमूह र जीवन बिमा उपसमूहको सूचक क्रमशः १.११ र १.१५ प्रतिशतले बढेको छ ।