काठमाडौं । एनपीएल फ्रेन्चाइज टिम चितवन राइनोजले इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ । बेनकेन्स्टाइनले १५ मंसिरदेखि काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएलमा) चितवनबाट खेल्नेछन् । उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको थियो ।
जनवरीमा भएको यू–१९ विश्वकपमा १९ वर्षीय बेनकेन्स्टाइनले इङ्ल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । ब्याटिङ र बलिङ दुवैमा निपूर्ण बेनकेन्स्टाइनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ६–४२ को कीर्तिमान राखेका थिए । त्यस्तै, सन् २०२२ मा ग्वादर सार्क्सलाई पाकिस्तान सुपर लिग (पीएसएल)को फाइनलमा पुर्याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।
प्रतिक्रिया