सहकारी ठगी आरोपमा प्रदेश सांसदका छोरा पक्राउ

सहकारी ठगी आरोपमा प्रदेश सांसदका छोरा पक्राउ



विर्तामोड । सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन् । सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो ।

बचतकर्ता र शेयर सदस्यको झन्डै डेढ करोड रुपियाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपियाँ ठगी गरेको देखिएको छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।

कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।