नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरी

नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरी



काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

१५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा आइतबार साँझ नेपालले पहिलो हाफमा भारतलाई कडा टक्कर दिएपनि गोल गर्न सकेको छैन । दशरथ रंगशालाको प्यारापिट लामो समयपछि दर्शकले भरिएको छ ।

पाँच पटकेको विजेता भारतले सुरुवातमा दुई वटा आकर्षक मौका गुमाएको थियो ।

नेपालले पनि पोस्ट नजिक पाएको दुई वटा अवसरमा गोल गर्न सकेन । सुरुवाती १० मिनेट आक्रामक देखिएको भारतले विस्तारै लय गुमायो । पहिलो हाफको इन्जुरी समयमा भारतले पोस्ट नजिक पाएको थप अर्को मौका गुमायो ।

यसअघि आज नै भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता बंगलादेशले भुटानलाई ७-१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको छ ।