अनुसन्धानमा मुख हेरिन्न, तथ्य-प्रमाण हेरिन्छ : गृहमन्त्री लेखक

अनुसन्धानमा मुख हेरिन्न, तथ्य-प्रमाण हेरिन्छ : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधको अनुसन्धानमा काखापाखा नगर्ने बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरुले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउलाई लिएर प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री लेखकले भ्रष्टाचार, ठगी वा अरु अपराधजन्य घटनामा सबै आरोपितमाथि अनुसन्धान हुने बताए । ‘कुनै काखापाखा हुन्न । सत्ता पक्ष प्रतिपक्ष हेरिन्न’, उनले भने, ‘मुख हेरिन्न, तथ्य हेरेर गरिन्छ । प्रमाणले जताजता लान्छ, अनुसन्धान त्यतात्यता जान्छ ।’

सरकारले कानुन विपरीत कसैलाई प्रतिशोध साध्ने, दुःख तथा हैरानी दिने काम नगर्ने भन्दै उनले भने, ‘अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुन्छ । अदालतबाट अनुमति लिनुपर्ने ठाउँमा न्यायालयबाट अनुमाति लिइन्छ ।’