चितवनको भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य निर्धारण

चितवनको भरतपुरमा सयपत्री र मखमली मालाको मूल्य निर्धारण



चितवन । चितवनको भरतपुरमा सयपत्री र मखमली फूलको मालाको मूल्य निर्धारण भएको छ । फ्लोरिकल्चर एशोसिएसन चितवनले दुवै फूलको मालाको मूल्य एक सय रुपैयाँ निर्धारण गरेको हो ।

भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फूल पर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसिएसनले जनाएको छ ।

विगतमा फूलको मालाको मूल्य फरक–फरक भएकाले यस पटक एक सय रुपैयाँ निर्धारण गरिएको एशोसिएसनकाे भनाइ छ ।