एमालेले मीनबहादुरबाट जग्गा दान लिएको प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश

एमालेले मीनबहादुरबाट जग्गा दान लिएको प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश



काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको प्रक्रिया तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए ।

इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।

सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन माग गरेको छ ।

गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन् । भवन पनि उनैले बनाइदिने घोषणा गरेका थिए ।

अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत ३ जनाले निर्णय खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।