तत्काल सरकार ढाल्ने पक्षमा छैनौं : प्रचण्ड

तत्काल सरकार ढाल्ने पक्षमा छैनौं : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तत्काल सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको सय दिनमा असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको बताए ।

उनले भने, ‘यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ ।’

अध्यक्ष प्रचण्डले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिए ।