राष्ट्रपति पौडेल कात्तिक २५ देखि अजरबैजानको भ्रमणमा जाने

राष्ट्रपति पौडेल कात्तिक २५ देखि अजरबैजानको भ्रमणमा जाने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु भ्रमणमा जाने भएको छ । राष्ट्रपति पौडेल संयुक्त सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा सहभागी हुन बाकु भ्रमणमा जान लागेका हुन् । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ देखि ३० गतेसम्मको भ्रमण कार्यक्रम स्वीकृत गरिएको जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रहरीको एआईजी पदमा किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई बढुवा गरेको छ । नेपाल प्रहरी रिक्त जनपद समूहमा रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्राविधिक प्रहरी महानायक निरीक्षक ह्याजु लाई बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदास्थापना गरिएको मन्त्री गुरुङले बताए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ वटा निर्णय