काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपचनिर्वाचनका लागि केन्द्रीय संयोजन गठन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ९ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार समितिमा ४ जना सहमहामन्त्री र अरु केन्द्रीय सदस्यहरू रहेका छन् ।
कांग्रेसले बनाएको समितिमा सहमहामन्त्रीहरु भिष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार र महालक्ष्मी उपाध्याय डिना छन् भने केन्द्रीय सदस्यहरु प्रवक्ता डा. प्रकाशशरण महत, पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य छन् प्रकाश शर्मालाई सचिवको जिम्मेवारी दिईएको कांग्रेसले जनाएको छ ।
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।
प्रतिक्रिया