रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु


ग्लोब नेपाल
135
Shares

रौतहट । रौतहटमा पश्चिम उत्तरी भेग फतुवा-विजयपुरमा जंगली हात्तीको आक्रमणमा महिलाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट घरभित्र सुतिरहेकी महिलाको मृत्यु भएको छ भने मृतकको श्रीमान भागेर ज्यान बचाउन सफल भएका छन् । फतुवा बिजयपुर-११  बुट्वा राङि गाउँमा शुक्रबार बिहान आफनै घरमा सुतिरहेको अवस्थामा हात्तिले आक्रमण गर्द्दा ७० बर्षिया पातली तामाङको मृत्यु भएको मेयर प्रत्याशी अजय तिमल्सिनाले बताएका छन् ।

हात्तीले मृतकको घर पुर्ण रुपमा क्षती पुर्याएको छ । घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन् । जंगली हात्तीले एक्कासी घर माथि आक्रमण गर्दा मृतकको श्रीमान भागेर ज्यान बचाएका थिए । 

हाल नेपाल प्रहरी, डिभिजन बन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प बिजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।