जुवा खालबाट जनप्रतिनिधि सहित पाँच जना पक्राउ

जुवा खालबाट जनप्रतिनिधि सहित पाँच जना पक्राउ


ग्लोब नेपाल
54
Shares

नुवाकोट । प्रहरीले नुवाकोटको ठुलोगाँउवाट कौडा र नगदसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रहरीले लाखौँ रुपैयाँ बरामद गरेको छ भने पक्राउ परेकाहरूलाई हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोट वाट प्रहरी निरीक्षक दीपक घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले विदुर नगरपालिका-५ ठुलोगाँउस्थित एक घर वाट कौडा सहित एक जना जनप्रतिनिधिसहित पांच जना पुरुषलाई पक्राउ गरेको हो ।

नगद हारजित हुने गरी कौडा खेलिरहेको जानकारी आएपछि घरमा छापा मारेर प्रहरी टोलीले ९७ हजार पाँचसय रुपैयाँसहित नुवाकोटकै पाँच जना युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेकाहरूबाट प्रहरीले नगद बरामद गरेको जनाएको छ ।

उक्त स्थान वाट प्रहरीले विदुर ५ का वडा सदस्य होमबहादुर कुमालसहित पाँच जनालाई नगदसहित नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार प्रहरीले कानुनले प्रतिबन्धित गरेका जुवा तास तथा कौडा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।

आरोपितहरुविरुद्ध म्याद थप गरेर मुद्दा अघि बढाउने प्रहरीको तयारी छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी महल अनुसार कारबाही गरिने जनाइएको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । चाडपर्वका समयमा लुकिछिपी जुवा तास खेलाउने क्रम बढिरहेको प्रहरीमा उजुरी आइरहेको नुवाकोट प्रहरीको भनाई छ ।