अक्टोबरमा नेपाल आए १ लाख २४ हजार जनाभन्दा धेरै पर्यटक

अक्टोबरमा नेपाल आए १ लाख २४ हजार जनाभन्दा धेरै पर्यटक



काठमाडौं । गएको अक्टोबर महिनामा नेपालमा एक लाख २४ हजार जनाभन्दा धेरै पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ जना पर्यटक भित्रिएका छन् ।

यो अघिल्लो वर्षको अक्टोबरको तुलनामा ६ दशमलव शून्य चार प्रतिशतले धेरै हो । गएको वर्ष एक लाख १७ हजार जना पर्यटक आएका थिए । यस्तै कोरोना महामारी शुरू हुनुअघिको वर्ष अर्थात् सन् २०१९ को तुलनामा सात प्रतिशतले कमी हो । २०१९ मा एक लाख ३४ हजार जना पर्यटक भित्रिएका थिए ।

यो वर्षको अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १६ हजार तीन सय १३ जना पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट १६ हजार २३, बेलायतबाट आठ हजार १९, चीनबाट सात हजार सा सय ५०, अस्ट्रेलियाबाट ६ हजार नौ सय २९, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट पाँच हजार चार सय ८५, बङ्गलादेशबाट चार हजार चार सय ७६, श्रीलङ्काबाट तीन हजार एक सय २५ र इटलीबाट दुई हजार ६ सय ३५ जना पर्यटक नेपाल आएका पर्यटन बोर्डले जनाएको छ ।