काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । बुधबार आएको अमेरिकी राष्ट्रपति चुनावको परिणामअनुसार ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् । यद्यपि उनलाई औपचारिक रूपमा भने निर्वाचित घोषणा गरिएको छैन ।
सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई मेन्सन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । साथै ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीच सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले लेखेका छन्, “संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि तपाईंलाई सफलताको शुभकामना । तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु ।”
राष्ट्रपतिले ट्रम्पलाई दिएको शुभकामना सन्देशमा ‘तपाईंको नेतृत्वमा विश्व शान्ति कायम हुनेछ भन्ने अपेक्षा छ’ समेत भनेका छन् ।
प्रतिक्रिया