काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ ।’
रुसी समाचार एजेन्सी तासका अनुसार, ‘डोनाल्ड ट्रम्पले आफ्नो कुराकानीमा पुटिनसँग अहिलेसम्म वार्ता नगरेको बताए पनि यो सम्भावनालाई अस्वीकार पनि गरेका छैनन् ।
कुराकानीका क्रममा ट्रम्पले अहिलेसम्म युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत विश्वभरका ७० भन्दा धेरै नेताहरूसँग कुरा गरिसकेका छन् ।
प्रतिक्रिया