प्रचण्ड र बाबुराम विरुद्धको मुद्दामा सर्वोच्च दियो पेसीबारे जानकारी गराउन आदेश

प्रचण्ड र बाबुराम विरुद्धको मुद्दामा सर्वोच्च दियो पेसीबारे जानकारी गराउन आदेश



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्व लडाकुले दायर गरेको रिटमा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

आज शुक्रवार महान्यायाधिवक्ताको कार्यालयलाई आगामी पेसीको जानकारी गराउनु भन्ने आदेश गरेको हो ।

पूर्व बाल सैनिक लेलिन विष्टले दर्ता गरेको दुई थान निवेदन सुनवाइका लागि आज पेसी तोकिएको थियो । न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको थियो ।