धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हो-हल्ला नगर्न आग्रह गरेका छन् । कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कांग्रेसले कहिल्यै पनि हो-हल्ला नगरेको सभापति देउवा बताए ।
धनगढी विमानस्थलमा आइतबार पत्रकारहरुले रवि लामिछानेलाई पक्राउ गरेर सरकार पूर्वाग्रही भएको छ भन्ने आरोपमा कांग्रेसको धारणा के हो भन्ने प्रश्नमा जबाफ दिँदै सभापति देउवाले भने, ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो-हल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।’
सभापति देउवाले पूर्वसहमतिअनुसार कांग्रेस-एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए ।
प्रतिक्रिया