निरौला र पाण्डे सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

निरौला र पाण्डे सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त



काठमाडौं । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आइतबार निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै निरौला र पाण्डेलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।

संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।