सेयर बजारमा उच्च अंकको वृद्धि

सेयर बजारमा उच्च अंकको वृद्धि



काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) ६२.५४ अंकले बढेर २७३८ बिन्दुमा उक्लिएको छ ।

आज कारोबार रकम पनि उल्लेख बढेको छ । कुल २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

आज २२८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेकाे छ । आइतबार गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो ।

आइतबार जलविद्युत् कम्पनीप्रति लगानीकर्ता होम्मिए । उक्त उपसमूहको सूचक ४.२६ प्रतिशतले बढेको छ ।