काठमाडौं । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ ।
काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ ।
अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अधिकारीमाथि आकर्षित भएकाले सोहीबमोजिम अनुसन्धान हुने प्रहरीले जनाएकाे छ ।
जापानमा आफूसँगै असम्बन्धित मान्छेलाई लगेर मानव तस्करी गरेको अभियोग उनीमाथि छ । उनीसहितका केही व्यक्तिलाई जापानको अध्यागमनले फिर्ता पठाइदिएसँगै यो विषय बाहिरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका ६ जनाको बयानको आधारमा उनलाई पनि प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
प्रतिक्रिया