तम्घास । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएको छ ।
हरिबोधिनी एकादशीको दिन धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुंगामा भैलो प्रतियोगिता पनि आयोजना गरिएकाले रेसुंगाको महत्वलाई उजागर गर्नका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए ।
रेसुङ्गामा एकादशीको दिन मेला लाग्ने भएकाले पर्यटकीय क्षेत्रलाई बडवा दिने उद्देश्यले मध्यनजर राख्दै प्रचार प्रसारको माध्यमबाट अगाडि बढाउन बिदा दिइएको नगरपालिका र गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया