ट्रम्पले देशको सीमाना निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी होमनलाई फिर्ता ल्याउने

ट्रम्पले देशको सीमाना निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी होमनलाई फिर्ता ल्याउने



काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो नयाँ प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताएका छन् ।

७८ वर्षीय ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान शुरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ट्रम्पले आफूले टम होमनलाई लामो समयदेखि चिनेको र अमेरिकी सीमाको प्रहरी र नियन्त्रणमा उनीभन्दा राम्रो कोही नभएको कुरा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् । ट्रम्पले होमनलाई ‘सबै गैरकानूनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताए ।

होमनले ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा अध्यागमन र भन्सार प्रवर्तनको कार्यवाहक निर्देशकको रूपमा काम गरेका थिए ।