बागमती प्रदेशमा बढाइयो मन्त्रालय

बागमती प्रदेशमा बढाइयो मन्त्रालय



काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेको १३ मन्त्रालयलाई विभाजन गरी १४ मन्त्रालय बनाएको हो ।

मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेको हाे । प्रदेशमा सहकारी तथा गरिबी निवार मन्त्रालय खडा गर्ने बैठकले निर्णय गरेको छ ।

मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यविभाजन अनुसार सो मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने बताइएकाे छ ।

बागमती प्रदेशमा विगत ११० दिनदेखि एक विना विभागीय मन्त्री कायम रहेका छन् ।