काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले माथिल्लो वरीयताको ताजिकिस्तानविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलमा आक्रामक फुटबल खेल्ने बताएका छन् ।
‘ताजिकस्तान बलियो टोली हो,’ मंगलबार डुासन्बेमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले ताजिकस्तानसँग तीनपल्ट खेलिसकेका छौं । कडा मिहिनत गर्दै संगठित रूपमा काउन्टर अट्याकमा खेल्नेछौं । खेलमा १–२ अवसर पाउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक रिजल्ट दिनेछौं ।’
घरेलु फुटबलमा सफल न्यौपानेले पहिलोपल्ट राष्ट्रिय टोली सम्हाल्ने अवसर पाएका हुन् । यस्तोमा नेपालले फिफा वरीयतामा ७१ स्थानमाथिको ताजिकस्तान र २५ स्थानमाथिको अफगानिस्तानविरुद्ध डुसान्बेमा प्रतिस्पर्धा गर्न लागेको हो ।
२३ सदस्यीय नेपाली फुटबल टोली
गोलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, विशाल सुनार,
डिफेण्डर : अभिषेक लिम्बु, विमल पाण्डे, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, अभिषेक वाइवा, रणदिप पौडेल, अन्जल महर्जन
मिडफिल्डर : रोहन कार्की, मणिकुमार लामा, एरिक विष्ट, अरविन्द राई (आशिष),भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुश घलान, सुमित श्रेष्ठ
फरवार्ड : जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, निराजन धामी
प्रतिक्रिया