काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सहकारीको रकम अपलचन बारे बयान लिएको छ । सिआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धि बयानमा कागज गराएको हो ।
सिआइबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको बताइएको छ ।
गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन् ।
ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए । धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमती भएको बताएका छन् । धनराजले आफू सहकारीमा जोडिनु र श्रीमतिसँग भएको सम्बन्धविच्छेद बारे बयान दिएको बुझिएको छ ।
सहकारी सम्बन्धि छानविन गर्न बनेको ससदीय विषेश समितिले पनि आफ्नो प्रतिवेदनमा धनराजमाथि छानविन गर्नुपर्ने राय दिएको थियो । उनको पूर्वपत्नि ज्योति गुरुङ र अर्का आरोपी ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भैसकेको छ । मितेरी सहकारीकाे संचालक समितिले दिएको उजुरीकाे आधारमा धनराजमाथि छानविन सुरु भएको हो ।
प्रतिक्रिया