काठमाडौं । नेपाली कांग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
१६ मंसिरमा हुने उपनिर्वाचनमा कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् ।
त्यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससँग चुनावी तालमेल गर्ने इच्छा राखेपनि सम्भव नभएको जिल्ला सभापति रामसिंह रावलले बताए ।
कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको गत माघमा निधन भएकाले उक्त पालिकामा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया