डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रणनीतिकि योजना अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्य समितिको बैठकमा उनले डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेश विकासका लागि सरकारले सुरु गरेका रणनीतिक योजना तत्काल अघि बढाउनु पर्ने बताएका हुन् ।
पश्चिमसेती जलविद्युत योजना, डडेल्धुरामा हवाई मैदान, दैजी–लिप्ना–जोगबुडा–चिर्किट्टे–बझाङ जोड्ने सडक, डडेल्धुरा मेडिकल कलेज लगायतका योजना अगाडि बढाउन सबैले लाग्नु पर्ने बताए ।
सरकारका रणनीतिक योजनामा कांग्रेसले सघाउनु पर्ने भन्दै उनले नेता कार्यकर्तालाई निर्देशन दिए । कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामले पूर्णता पाउनेगरी सरकारले काम गरिरहेको बताए ।
सभापति देउवाले कांग्रेसको सय दिने संकल्प यात्राको उद्देश्यअनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए । कांग्रेस पार्टीको नेतृत्वमा देशमा प्रजातन्त्र आएको उल्लेख गर्दै उनले लोकतन्त्र र संघीयताको रक्षाका लागि कांग्रेस नेता कार्यकर्ताले अहम भूमिका खेल्नुपर्ने बताए ।
प्रतिक्रिया